News

जंगलमा बस्ने, शिकार गर्नेहरुको जीवनशैली : कसरी संकटले घेरिदैछन् ?

हजारौं वर्ष पहिले दक्षिणी अफ्रिकाबाट मलेसिया, फिलिपिन्स जस्ता देशका समुद्री तटमा शिकार गरी जीवनयापन गरिरहेका एक लोपोन्मुख आदिवासीहरु अवसानको बिन्दूमा पुगेका छन् । २१ औं शताब्दीमा शिकारी युगको जीवन बिताइरहेका उनीहरुले कथित सभ्य मानिसहरुको थिचोमिचो धेरै सहे । पछिल्ला केही दशकहरुमा आफ्नै आँखा अघि आफ्नो बसोबासको क्षेत्र र जीवनशैलीमा अतिक्रमण पनि सहेरै बसे । त्यो अब असहृय भइसकेको छ । फगत त्यो अन्येष्टिको लागि सन्ध्याको घाम कुरिरहेका छन् बाटेकहरु ।

हजारौं वर्षसम्म उनीहरुलाई त्यही जंगलले जीवनयापन सिकायो । कुनैपनि समय यस्ता थिएनन् । जतिबेला आफूलाई लागेको रोग धामीझाँक्रीहरुले निको पार्न नसकेका हुन् । तर, अहिले उनीहरु गम्भीर रोगमा पिल्सिएका छन् । जुन रोग अन्त्य गर्न धामीझाँक्रीहरु समेत असमर्थ भइसकेका छन् ।

पहिलेको जीवनशैली उनीहरुको छुट्टै किसिमको थियो । एउटा तालबाट निस्किएको पानी नै जीवन गुजार्ने औषधि थियो । धामीझाँक्रीहरु चिकित्सकहरु थिए । शिकार र जंगलमै उपलब्ध सामग्रीहरुको भाँडा बनाउने उनीहरुको पेशा थियो । आफ्नो भाषा र भेषभुषा अब इतिहास बन्ने अवस्थामा पुगेको छ । आफैंलाई सभ्य मान्ने मानिसहरुले ती शिकारी युगीन मानिसहरुको अधिकारको वास्ता गरेनन् । उनीहरुको जीवनशैलीलाई जीवनशैली मानेनन् । जसका कारण उनीहरु आफ्नै बासस्थानमा अपरिचित रोगका कारण मृत्यु शैयामा छन् । धेरैले संसार छाडिसके । सिंयो एउटा शिकारी युगको उनीहरुको मृत्युसँगै अन्त्य हुँदैछ ।

दशकौंसम्म, क्वाला कोहमा बसोबास गर्दै आएका बाटेक जाति आफ्नो क्षेत्र र जीवनशैलीमाथिको अतिक्रमण देखेर पनि निरीह थिए । आफैंलाई संकुचित गराउँदै उनीहरु जीवन जिउँदै आइरहेका थिए । तर, उनीहरुलाई अनौंठो किसिमको रोगले च्याप्न थाल्यो । बाटेकका सारथिहरु एकाएक गरी यो संसारबाट बिदा हुन थाले । एक अनुसन्धानकर्ता हेडम्यान महमद भन्छन् ‘उनीहरुलाई यो आधुनिकता भारी परेको छ । उनीहरु यसलाई निल्न पनि सक्दैनन् र ओकल्न पनि । यसैले उनीहरुको अवसान गराउँदैछ ।’

उनीहरुको रोग पनि भिन्न छ । त्यो घना जंगलमा ती बिरामी पर्नेहरु सुरुमा सहज रुपमा सास फेर्न सक्दैनन् । त्यसपछि शरीर बिस्तारै फुस्रो हुँदै जान्छ । शरीर कालो हुँदै जान्छ र त्यसपछि उनीहरुको मृत्यु हुने गरेको छ ।

यो रहस्यमय बिरामी द्रुत रूपमा फैलिँदै गयो । कूल १८६ जना सदस्य रहेको त्यो शिकारी समूहमा दुई सातामा नै १६ जनाको ज्यान गयो । यो जाति नै मलेसियामा शिकारी युगको प्रतिनिधित्व गर्ने अन्तिम पुस्ताहरु हुन् । उनीहरुसँगै मलेसिया र सिंगो विश्वले शिकारी युगको प्रमाण गुमाउने छ ।

बाटेकहरुको विश्वास छ कि यो रोग नजिकै रहेको म्यागानिज खानीहरुबाट निस्किएको धातुको असर हो । ती धातुहरु पानीमा मिसिएको कारण यो रोग लागेको हो । जुन धामी झाँक्रीहरुले समेत निको पार्न सकेनन् । त्यो पानीको स्वाद तीतो थियो । त्यो तैलीय पनि थियो नजिकै बसेकी सोमलाई देखाउँदै नीराले भनिन् ‘उनले त्यही तीतो पानी पिए पछि बान्ता सुरु भयो । उनको अवस्था अहिले अरुको जस्तै हुँदैछ ।’

“यो पानीमा केही दिनअघिदेखि पेट्रोलियम र काठको गन्ध आएको थियो । पानीमा तेल स्पष्ट देख्न सकिन्थ्यो ।” अर्का स्थानीय पोकोकले थपे ।

तर, मलेसिया सरकार भने यो कुरा स्वीकार्दैन । मलेसियाको स्वास्थ्य मन्त्रालयको सेप्टेम्बर २ मा सो मृत्युको कारण दादुरा रहेको पुष्टि गर्यो । बाटेकहरु बाहिरी मानिसहरुले पानी र आफूहरुको खानामा मिसाएको विषादीका कारण बिरामी भएको बताउँछन् । तर, वातावरणीय नमूना विश्लेषण र फरेन्सिक रिपोर्टको आधारमा उनीहरु मध्ये ४ को दादुराकै कारण ज्यान गएको र बाँकीको पनि विषादीको कारण भने मृत्यु भएको नदेखिएको मलेसियाका स्वास्थ्य मन्त्री जुल्कˆलाइ अहमदले बताएका छन् ।

“बिरामीहरुले नयाँ व्यवहार देखाइरहेका छन्” बाटेकका एक सदस्य महमेत ओमले भने “हामीलाई दादुराको बारेमा थाहा छ । हाम्रो शेमन (धामी झाँक्री)हरुसँग तिनीहरूलाई निको पार्ने विधि थाहा छ । तर, यो रोग भिन्न हो । जुन हामीहरुको क्षमताले निको पार्न सकिरहेको छैन ।

‘मेरो घाँटी फुलेको छ । मेरो आँखा रातो र सबै अस्पष्ट देखिन्थ्यो, पूरै शरीर दुखिरहेको छ ।’ नीराले सम्झिइन्, उनले आफ्नै आँखा अघि यही रोगका कारण दुई बहिनी गुमाएकी थिइन् । उनी आफू पनि दुई महिना अस्पतालमा बसेर आएको बताउँछिन् ।

को हुन् बाटेकहरु ?
बाटेकहरु, अष्ट्रेलो पापुआनहरु हुन् । जो अफ्रिका छाडेर पहिलो बसाईंको रुपमा मलेसियाको यो जंगलमा आएका थिए । जुन हजारौं वर्ष पहिलेको घटना हो । उनीहरुमध्ये केही आधुनिकताको खोजीमा त्यहाँबाट निस्किए । उनीहरु कोही फिलिपिन्स गए भने कोही उत्तरी सुमात्रा टापु तिर गए । अन्त जानेहरुले आफ्नो संस्कार र इतिहास बिर्सिएर परिस्कृत हुँदै गए । त्यहाँ बस्नेहरुले शिकारी युगको कर्मलाई निरन्तरता दिइरहे । अहिले अरु देशमा जानेहरुको संख्या उल्लेख्य भएपनि परम्परागत पेशामा संलग्नहरु यही मलेशियाको वर्षावनमा शिकारी जीवन बिताइरहेका छन् ।

तर, झन्डै चार दशकको दौरानमा त्यही क्षेत्रमा धेरै तेल खानीहरु खुल्न थाले । त्योसँगै उनीहरुको बासस्थान असुरक्षित बन्यो । वर्षावन र थोरै संख्यामा रहेका उनीहरु पनि बिस्तारै लोप हुँदै गए । मुख्यतया पलावान टापुको उत्तरी भागमा बस्ने बटाकहरु फिलिपिन्सको सबैभन्दा पुरानो आदिवासी जनजाति मध्ये पर्छन् । अन्वेषकहरूका अनुसार तिनीहरू पहिला मानिसहरु हुन् जसले हजारौं वर्ष पहिले नै एशियासँग जोड्ने बाटो पत्ता लगाएका थिए ।

१९९० को जनगणनामा २,००० भन्दा बढी रहेका उनीहरु अहिले गम्भीर खतरामा छन् । एक वर्ष अघि गरिएको गणनामा उनीहरुको संख्या २०० मा सीमित भएको थियो ।

शारीरिक बनोटका हिसाबले उनीहरु सानो कद, गाढा रंग छोटो कपालको कारण उनीहरूलाई फिलिपिन्सको एउटा जनजातीको समूहमा मानवविज्ञानविद्हरूले वर्गीकृत गरेका छन् । तिनीहरू ट्यागबानवा र क्युनुन बाहेक बाटक वा बिनटक भाषा बोल्छन् ।

बाटक एउटा पुरानो क्युयोन शब्द हो जसको अर्थ हुन्छ “हिमाली मानिसहरू” । तिनीहरू टिनिटियन, बाबुयान, र माल्कोम्पोको समुन्द्री तटमा रहेका साना बस्तीहरूमा बस्थे । पछि तिनीहरू मध्ये धेरैले आधाघुमन्ते जीवनशैली अपनाए । नजिकैको जंगल र नदीहरूबाट खाना जम्मा गर्न सुरु गरे । आजकल कोही आधुनिकता अपनाएर गाउँ पसे । तर, मलेसियाका ती बाटेकहरुले भने संस्कृति धान्ने नाममा आफ्नो ज्यान नै गुमाउँदैछन् ।

वासिंटन पोष्टको रिपोर्टमा आधारित

Related Articles

Back to top button
Close