News

‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ का चर्चित गायक रुद्रमणि गुरुङको निधन, हेर्नुहोस् अरुणा लामासँग उनले गाएको यो कालजयी गीतको भिडियो

काठमाडौँ – गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ । अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् ।

लामो समय देखि रोगबाट ग्रसित भएका गायक रुद्रमणिको उपचारको क्रममा सोमबार निधन भएको हो । दर्जनौ गीत गायर आफुलाई संसार भर चिनाएका गायक गुरुङलाई बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गरिने बताइएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

Related Articles

Back to top button
Close