News

श्री पाथिभरा माताले सबैको रक्षा गरुन हेर्नुहोस ०७६ मङ्सिर २४ गते मंगलबार ई. स. २०१९ डिसेम्बर १० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

वि.सं. २०७६ मंसिर २४, मंगलबार, इ.स. २०१९ डिसेम्बर १०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, त्रयोदशी, १०:१६ उप्रान्त चतुर्दशी, नक्षत्र– कृत्तिका, ६:३३ बजेउप्रान्त रोहिणी, योग– शिव, १७:३० बजेउप्रान्त सिद्ध, करण– तैतिल, १०:१६ बजेदेखि गर, २२:३९ बजेउप्रान्त वणिज, आनन्दादिमा गद योग, चन्द्रराशि– मेष, ११:३८ बजेउप्रान्त वृष,सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ७ पला। मानव अधिकार दिवस। सर्वार्थसिद्धि योग ३०:३३ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ। प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउँने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –
निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –
कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ। पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ। माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –
पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ। पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ।

Related Articles

Back to top button
Close