News

नेपालीको पारा देखेर जापानबाट नेपाल आएकी सुन्दरी ट्राफिक भइन् चकित (भिडियोसहित)

काठमाडौं । जापानबाट स्वयंसेवक ट्राफिकको रुपमा नेपाल आएकी आयुमी ओहोसी ‘नेपालीको पारा’ देखेर दंग परेकी छन् । झण्डै ८ महिना पहिले जापानी नियोग जाइकामार्फत काठमाडौं आएर ट्राफिक सेवामा खटिएकी आयुमी जापानी पूर्व प्रहरी समेत हुन् । उनी हालै नेपाली चलचित्र ‘जात्रै जात्रा’ हेर्न सिनेमा हलमा पुगेकी थिइन् ।

सो क्रममा मध्यान्तरमा फिल्म रोकेर विश्राम लिएको देखेर उनी दंग परिन् । ‘हाम्रो जापानमा फिल्म हलमा २ घण्टा सरासर फिल्म देखाइन्छ, यहाँ फिल्मको बीचमा ब्रेक लिएको देख्दा अचम्म लाग्यो’, उनले भनेकी छन् ।

३२ वर्षीय जापानी नागरिक आयुमीले यहाँ आउने बित्तिकै नेपाली नाम समेत राखिसकेकी थिइन् । आफूलाई सुप्रभा लामा भनेर चिनाउने उनी घुम्नका लागि चितवनको सौराहा र पोखरा समेत पुगिन् । उनी अहिले काठमाडौंमा ट्राफिक प्रहरीसँगै ट्राफिक व्यवस्थापनमा खटिन्छिन् ।

झण्डै ९ वर्ष जापान प्रहरीमा रहेर काम गरेकी आयुमीले काठमाडौंका विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुलाई समेत ट्राफिक नियम सम्बन्धी जानकारी दिँदै आएकी छन् । यहाँका विद्यार्थीहरुलाई ट्राफिक लाइटको उपयोगिताबारे थाहा नभएको पाउँदा उनी खिन्न छिन् । हामीसँगको कुराकानीमा उनले नेपाल आउनकै लागि सन् २०१८ को अक्टोबरमा जापान प्रहरीबाट राजीनामा दिएको बताइन् । नेपाली खरर.. बोल्ने आयुमीले के के भनिन् ?हेर्नुहोस् भिडियोः

Related Articles

Back to top button
Close